दफा ६०
सूचनाको विश्लेषण र अनुसन्धानमा प्राथमिकता
ऐनको दफा १३ बमोजिम प्राप्त उजुरी वा सूचनाको अनुसन्धान गर्दा वा वित्तीय जानकारी इकाईलाई प्राप्त सूचनाको विश्लेषण गर्दा अनुसन्धान गर्ने निकाय वा वित्तीय जानकारी इकाईले विषयको गाम्भीर्यता र संवेदनशीलताको आधारमा जोखिममा आधारित प्रणाली अवलम्बन गरी प्राथमिकता निर्धारण गर्नु पर्नेछ।